आईपीएलको एलिमिनेटरमा आज मुम्बई र गुजरात भिड्दै, भएका सात खेलमा कसको पल्ला भारी?

एजेन्सी : आईपीएल २०२५ को एलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दैछन्।
खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भारतीय समय अनुसार साँझ साढे सात बजे सुरू हुनेछ। आज हार्ने टोलीको बाहिरिनेछ भने विजेता टोलीले क्वालिफायर-२ खेल्नेछ।
दुवै टोली प्लेअफमा दोस्रो पटक आमनेसामने हुनेछन्। यसअघि उनीहरू २०२३ को क्वालिफायर-२ मा भिडेका थिए। त्यसपछि गुजरातले मुम्बईलाई ६२ रनले पराजित गरेको थियो।
आईपीएलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच अहिलेसम्म जम्मा सात खेल भएका छन्। जसमध्ये गुजरातले पाँच खेल जितेको छ भने मुम्बईले २ खेल मात्र आफ्नो पक्षमा पार्न सकेको छ।
दुवै टोली सिजनमा तेस्रो पटक आमनेसामने हुनेछन्। यसअघि दुई खेल खेल्दा गुजरातले दुवै पटक जितेको थियो। दुवै टोली पहिलो पटक महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा भिड्नेछन्।
जेठ १६, २०८२ शुक्रबार ०८:२२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।