सरकारले घाँटी हेरी हाड निल्नु पर्थ्यो, बजेट ठूलो भयो, खर्च हुने आधार छैन : डा. स्वर्णिम वाग्ले

सरकारले घाँटी हेरी हाड निल्नु पर्थ्यो, बजेट ठूलो भयो, खर्च हुने आधार छैन : डा. स्वर्णिम वाग्ले

काठमाडौं : रास्वपाका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट खर्च हुने अवस्था नरहेको टिप्पणी गरेका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बजेटका अङ्कहरू निकै ठूलो देखिए पनि त्यसअनुसार खर्च हुने स्पष्ट आधारहरू नदेखिएको बताए।

‘बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार त छैन,’ उनले भने, ‘तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ। सरकारले १९ खर्ब ६४ अर्बको बजेट त ल्यायो, तर १५/१६ खर्बभन्दा बढी खर्च हुन्छ भन्ने आधार देखिँदैन।’

वाग्लेले बजेटका अङ्कीय स्वरूपमा विश्वसनीयताको प्रश्न रहेको उल्लेख गर्दै त्यही पुरानै अभ्यास दोहोरिएको हो कि भन्ने आशंका रहेको पनि बताए। 

राजस्वका प्रक्षेपणहरू पनि यथार्थपरक नभएको भन्दै उनले सरकारको बजेट कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन्।

जेठ १५, २०८२ बिहीबार १९:१६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।