सरकारी कर्मचारीको तलब बढेन, मासिक पाँच हजार महँगी भत्ता

सरकारी कर्मचारीको तलब बढेन, मासिक पाँच हजार महँगी भत्ता

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएन। आर्थिक वर्ष २०८२-२०८३ मा कर्मचारीको तलब बढ्ने अनुमान गरिएको थियो। तर बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तलब नबढेको तर पाँच हजार महँगी भत्ताको व्यवस्था गरेको बताए।

तीन वर्ष पहिले सरकारी कर्मचारीहरूको तलब बढेको थियो। तीन वर्षदेखि तलब नबढेकाले यस वर्ष तलब बढ्ने अनुमान गरिएको थियो। तर स्रोतको कमी रहेको भन्दै सरकारले तलब बढाएन। तहगत वर्गीकरण नगरी सबैका हकमा महिनाको पाँच हजार महँगी भत्ताको व्यवस्था गरेको छ।

जेठ १५, २०८२ बिहीबार १७:०२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।