सरकारले चलचित्र छायांकनको पूर्वाधारमा लगानी बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

काठमाडौं : सरकारले चलचित्र छायांकनका लागि आवश्यक इन्डोर र आउटडोर क्षेत्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो कुरा बताए।
बजेटमार्फत अर्थमन्त्री पौडेलले भने, ‘नेपालको कला, संस्कृती, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वदेशी तथा विदेशी चलचित्रको छायांकन गर्न इन्डोर र आउटडोर क्षेत्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ।’
सरकारको यो योजनाले दोलखाको फिल्म सिटी र काभ्रेपलाञ्चोकमा निर्माणाधीन फिल्म स्टुडियोलाई थप बल दिने अपेक्षा गरिएको छ।
यसबाट नेपाली फिल्म उद्योगमा आवश्यक पूर्वाधारको विकास हुने र अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्यका रूपमा नेपाललाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
जेठ १५, २०८२ बिहीबार १६:४३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।