राजा फर्काउन रत्नपार्कमा राजावादीहरुको कालो छाता आन्दोलन तस्बिरमा

काठमाडौं : गणतन्त्र दिवसको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायतका राजावादी समूहले रत्नपार्क क्षेत्रमा कालो छाता लिएर विरोध प्रदर्शन गरिरहेका छन्।
टुँडिखेलमा गणतन्त्र दिवसको विशेष समारोह रहेको र एमालेले टुँडिखेल बाहिरको सडक क्षेत्रमा सांस्कृतिक झाँकी सहितको प्रदर्शन गरेपछि स्थानीय प्रशासनले उनीहरूलाई प्रदर्शनका लागि २ बजेपछिको समय तोकेको थियो।
विरोध प्रदर्शनका आयोजकहरूले विरोध कार्यक्रममा सहभागी हुन कालो छाता लिएर आउन आग्रह गरेका थिए। रत्नपार्कमा विरोध प्रदर्शन सुरु हुनुभन्दा अगाडि विभिन्न नेताहरूले काठमाडौंको सात ठाउँबाट प्रदर्शनको नेतृत्व गर्दै रत्नपार्क पुगेका थिए।
उनीहरू रत्नपार्क पुग्नु अगाडि नै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भइसकेका थिए।
अहिले राजेन्द्र लिङदेन, कमल थापा, डा प्रकाशचन्द लोहनी लगायतका राजावादी नेताहरूको नेतृत्वमा प्रहरीको बाक्लो सुरक्षा घेरामा बसेर उनीहरूले गणतन्त्रको विपक्षमा नाराबाजी गरिरहेका छन्।
जेठ १५, २०८२ बिहीबार १६:१६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।