बजेट राख्ने वर्षमानको ‘झोला’, विष्णुको पालामा निरन्तर

काठमाडौं : वर्षमान पुन अर्थमन्त्री हुँदा उनले बजेट पढ्न विदेशमा निर्मित छालाको झोलाको साटो नेपालमै गाँजाबाट उत्पादित झोला प्रयोग गरेका थिए। आर्थिक वर्ष २०८२-०८३ को बजेट पढ्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि त्यस्तै झोलाको प्रयोग गरे।
उनले बिहीबार नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राखेर संसद् पुगेका थिए।
नेपाली उत्पादनलाई प्रवर्धन गर्ने भन्दै पुनले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पुस्तिका गाँजाबाट बनेको नेपाली झोलामा राखेका थिए।
अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै स्थानीय उत्पादनबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको हो।
‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो। त्यतिबेला र अहिलेकोमा केही फरक छ। तर झोला नेपाली नै हो। नेपाली उत्पादन प्रवर्धन गर्ने प्रचलन जसले गरेको भए पनि निरन्तरता दिनुपर्छ भन्ने हो’, केसीले भने।
जेठ १५, २०८२ बिहीबार १५:५३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।