कालो छातासहित राप्रपाको र्याली शान्तिबाटिकातर्फ ( तस्बिरसहित )

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गणतन्त्रविरुद्ध प्रदर्शन गरेको छ। राप्रपाले राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्रको घोषणा र वर्तमान व्यवस्था खारेजको माग गर्दै कालो छाता ओढेर राजधानीको विभिन्न सडकमा विरोध प्रकट गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमाको टोली मैतीदेवी हुँदै पुतलीसडक, बाघबजार पार गर्दै शान्तिबाटिकातर्फ जुलुसमा अगाडि बढेको छ।
उनीहरूले राजसंस्थाको प्रतीकको रुपमा मुकुट, र विरोधको प्रतीकको रुपमा कालो रङ्गको छाता प्रदर्शनमा प्रयोग गरेका छन्।
जेठ १५, २०८२ बिहीबार १५:०८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।