राजवादीहरूले सात ठाउँबाट जुलुस, मैतीदेवीमा लिङ्देनले नेतृत्व लिँदा थापा सिफलमा

राजवादीहरूले सात ठाउँबाट जुलुस, मैतीदेवीमा लिङ्देनले नेतृत्व लिँदा थापा सिफलमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा आज उपत्यकाका विभिन्न सात ठाउँबाट जुलुस निकालिँदैछ।

उपत्यकाका विभिन्न सात ठाउँबाट आन्दोलनका लागि जुलुस निकालिएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन भने मैतीदेवीबाट निस्कने जुलुसमा सहभागी हुँदैछन्।

यसरी राप्रपा नेपालका अध्यक्ष कमल थापा र जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सिफलबाट निकालिएको जुलुसको नेतृत्व गरिरहेका छन्।

जेठ १५, २०८२ बिहीबार १३:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।