सिद्धार्थ बैंकका ग्राहकलाई बौद्धको लाइल्याक स्पामा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई बौद्धको लाइल्याक स्पामा १० प्रतिशतसम्म छुट

काठमाडौं : सिद्धार्थ बैंक र बौद्धस्थित लाइल्याक वेलनेस एण्ड स्पाबीच बैंकका ग्राहक महानुभावलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाइल्याक वेलनेस एण्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

जेठ १५, २०८२ बिहीबार १३:२४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।