बजेटका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्दै

काठमाडौं : सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश हुँदैछ।
आज अपराह्न तीन बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्नुहुने कार्यसूची छ। आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाका छुट्टा-छुट्टै बैठक बस्दैछन्।
प्रतिनिधिसभाको दिउँसो साढे एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने र अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ।
त्यसैगरी राष्ट्रियसभाको दिउँसो पौने दुई बजे बस्ने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/८३ को आर्थिक सर्वेक्षण’ पेश गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ।
जेठ १५, २०८२ बिहीबार १३:१३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।