गणतन्त्र दिवसमा काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरू)

गणतन्त्र दिवसमा काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : गणतन्त्र दिवसको अवसर पारेर एमालेले काठमाडौं उपत्यकामा प्रदर्शन गरिरहेको छ। जनताको खुशी र गौरवका रूपमा यो दिवस मनाउने एमालेको निर्णयअनुसार र्याली निकालिएको हो।

बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वर लगायतका स्थानबाट निकालिएका र्यालीमा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। ती र्यालीहरू अहिले भृकुटीमण्डपतर्फ केन्द्रित भइरहेका छन्।

र्यालीका क्रममा ‘गणतन्त्र जिन्दावाद’, ‘गणतन्त्रको रक्षा गरौँ’ र ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद’ जस्ता नाराहरू गुञ्जिरहेका छन्। र्यालीका कारण सो क्षेत्र भएर चल्ने सवारीलाई एकतर्फी रूपमा चलाइएको छ।

भृकुटीमण्डपबाट अघि बढेर र्याली रत्नपार्कमा पुगी सम्बोधनसहितको कार्यक्रम गरेर समापन हुने बताइएको छ।

जेठ १५, २०८२ बिहीबार १२:३७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।