इनड्राइभको ‘राइड टु सपोर्ट’ अभियान : बालबालिकाका लागि खेलमैदान सुधार

काठमाडौं : विश्वव्यापी मोबिलिटी सेवा प्रदायक इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरू गरेको छ।
अभियानले स्थानीय प्राथमिक विद्यालयहरूमा खेलमैदानको मर्मत तथा खेलकुद सामग्री आपूर्तिमा योगदान पुर्याउनेछ।
मे महिनाभरि सञ्चालन भएका प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम खेल संरचना सुधारमा खर्च गरिनेछ।
बास्केटबल, ब्याडमिन्टन, फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू विद्यालयहरूमा प्रदान गरिनेछन्।
इनड्राइभले यस पहलमार्फत विद्यार्थीहरूको शारीरिक विकास, आत्मविश्वास र नेतृत्व सीप अभिवृद्धिमा टेवा पुर्याउने लक्ष्य राखेको छ। कम्पनीका अनुसार, यो अभियान यात्रा मात्र होइन, सामाजिक परिवर्तनको सार्थक यात्रा हो।
इनड्राइभकी एपीएसी कम्युनिकेसन लिड पावित नन्द आनन्दले भनिन्, ‘यस्ता उद्देश्य-केन्द्रित पहलहरूले समुदायमा सकारात्मक प्रभाव पार्छन्। हरेक राइड सामाजिक परिवर्तनतर्फको एक कदम हो।’
संकलित रकमले विद्यालयहरूमा सुरक्षित, समावेशी र गुणस्तरीय खेल पूर्वाधार निर्माणमा सहयोग पुर्याउनेछ। यसले सेवाबाट वञ्चित समुदायका बालबालिकालाई पनि समान अवसर उपलब्ध गराउनेछ।
इनड्राइभले सबै प्रयोगकर्तालाई अभियानमा सहभागी भई बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा साथ दिन आह्वान गरेको छ।
जेठ १५, २०८२ बिहीबार ११:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।