सुनको मूल्य तोलामा १५ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको हो।
यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो।
यसैबिच बिहीबार छापावाल सुनको मूल्य पनि घटेको छ।
महासंघका अनुसार बुधबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको हो।
जेठ १५, २०८२ बिहीबार १०:५८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।