बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ।

टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रम सकिएपछि बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। अहिले प्रधानमन्त्री तथा मन्त्रीहरू गणतन्त्र दिवसको कार्यक्रममा छन्।

आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

जेठ १५, २०८२ बिहीबार १०:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।