राजावादीहरूले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरू गर्दै

काठमाडौं : राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन्।
राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरू गर्ने तयारी गरेका छन्।
राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।
रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने र आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित हुन भनिएको छ।
जेठ १५, २०८२ बिहीबार ०९:४९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।