राप्रपा र राप्रपा नेपालका पूर्वमन्त्री र सांसदहरूको पिएसओ हेडक्वार्टर फिर्ता भए

राप्रपा र राप्रपा नेपालका पूर्वमन्त्री र सांसदहरूको पिएसओ हेडक्वार्टर फिर्ता भए

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेताहरूले पाउँदै आएको व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) फिर्ता बोलाएको छ।

राप्रपा र राप्रपा नेपालमा रहेका सांसद, पूर्वमन्त्री र पूर्व प्रहरी महानिरीक्षकको सुरक्षामा खटिएका १७ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बुधवार फिर्ता बोलाएको हो।

सुरक्षा निर्देशिका अनुसार सांसद, मन्त्री र पूर्व प्रहरी महानिरीक्षकले दुई जनाको दरले व्यक्तिगत सुरक्षामा प्रहरी पाउने गरेको छ। थप जनशक्ति चाहिएको भन्दै प्रधान कार्यालयले पूर्वमन्त्रीहरु कमल थापा, राजेन्द्र लिङदेन, बुद्धिमान तामाङ, पशुपति शमशेर जबरा, विक्रम पाण्डेको पिएसओ फिर्ता गरेको हो।

पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानको पिएसओ पनि फिर्ता भएको छ। यसैगरी सांसदहरू ज्ञानबहादुर शाही, दीपकबहादुर सिंहले लिएको पिएसओ पनि प्रहरी प्रधान कार्यालयले फिर्ता तानेको छ।

जेठ १४, २०८२ बुधबार १८:४८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।