बिहीबार १: ३० बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं : केही समय बसेको प्रतिनिधिसभा बैठक बिहीबार १ : ३० बजेसम्मका लागि स्थगित भएको छ।बुधवार बैठक सुरु भए पनि केही बेरमै स्थगित भएको थियो। सभामुखले बैठक अगाडि बढाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सफल नभएपछि सूचना टाँसेर बैठक स्थगित भयो।
प्रतिपक्षी दलका सांसदहरूले भिजिट भिसाको विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका छन्। मंगलबार पनि प्रतिपक्षी दलका सांसदहरुको अवरोधका कारण बैठक सुरु भए लगत्तै स्थगित भएको थियो। भोलि बिहीबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ।
जेठ १४, २०८२ बुधबार १६:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।