हाम्रो आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ : ज्ञानेन्द्र शाही

हाम्रो आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि आफूहरूले गर्ने कार्यक्रममा हिंसा भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाए।

उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति निकालिसकेको छ।’

उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे। उनले प्रधानमन्त्रीलाई सडकमा आउने भए राजीनामा दिएर आउन आग्रह गरे।

जेठ १४, २०८२ बुधबार १४:१३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।