दुई घण्टा ढिला गरी सुरू भएको प्रतिनिधि सभा बैठक आधा घण्टाको लागि स्थगित

काठमाडौं : तोकिएको समयभन्दा दुई घण्टा ढिला गरी बसेको प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
विहान ११ बजे बस्ने गरी बोलाइएको बैठक एक बजे सुरू भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको हो।
बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलहरूले उठेर अवरोध गरेका थिए। उनीहरूले गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनएका छन्।
त्यस क्रममा सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्नका लागि आग्रह गर्दै दलीय हिसाबले बोल्नका लागि समय दिने भनेका थिए।
यसका अलावा उनले गृहमन्त्री रमेश लेखकलाई जवाफ दिनका लागि समय दिने समेत बताएका थिए तर प्रतिपक्षी दलका सांसदहरूले नमानेपछि सभामुखले बलजफ्ती गरेनन्।
तर, विपक्षी दलका सांसदहरू नबसेपछि केहीबेरमा उनले आधा घण्टाका लागि संसद बैठक स्थगित गरे।
जेठ १४, २०८२ बुधबार १३:१५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।