ओली-देउवा छलफलपछि कांग्रेसको तर्क- गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन

ओली-देउवा छलफलपछि कांग्रेसको तर्क- गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन

काठमाडौं : नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्नै नउठेको तर्क गरेको छ।

नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीमाथि प्रश्नै नउठी राजीनामा मागिएको भन्दै यो गृहमन्त्रीले जवाफ दिने विषय नै नभएको समेत बताए।

घिमिरेले भने, ‘गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन। किन छानबिन समिति बनाउने? राजीनामा गर्नुपर्ने कारण के छ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन।’

प्रतिनिधि सभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपा सांसद शिशिर खनालले बोल्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको भूमिका शंकास्पद भएको भन्दै राजीनामा माग्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका थिए।

प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद बैठक चलाउन नदिने बताइरहेका छन्।

जेठ १४, २०८२ बुधबार १२:४४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।