क्याटल र फोटोन मोटरबीच कमर्सियल सवारी इलेक्ट्रिफिकेसनका लागि १० वर्षे साझेदारी

क्याटल र फोटोन मोटरबीच कमर्सियल सवारी इलेक्ट्रिफिकेसनका लागि १० वर्षे साझेदारी

काठमाडौं : चीनको फुजियान प्रान्तस्थित निङ्दे सहरमा फेब्रुअरी ८ मा आयोजित एक समारोहमा क्याटल र फोटोन मोटरले १० वर्षे रणनीतिक साझेदारी सम्झौता गरेका छन्।

सम्झौताअनुसार दुवै कम्पनीले व्यावसायिक सवारीसाधनको विद्युतीकरणमा सहकार्य गर्ने छन्।

साझेदारीले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, सवारी तथा ब्याट्री सेवा र सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आपसी क्षमताको उपयोग गर्दै हरित ऊर्जा रुपान्तरणलाई तीव्र बनाउने लक्ष्य लिएको छ।

फोटोन मोटर सन् १९९६ मा स्थापना भएको चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो। सन् २०२१ मा उसले विश्वभर एक करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको स्वतन्त्र बौद्धिक सम्पदासहितको पहिलो स्वदेशी ब्रान्डको रूपमा कीर्तिमान राखेको थियो।

लगातार २० वर्ष चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्दै आएको फोटोन पछिल्लो १५ वर्षदेखि सबैभन्दा धेरै सवारी निर्यात गर्ने कम्पनी पनि हो। यसका उत्पादन र सेवाहरू १३० भन्दा बढी देशमा फैलिएका छन्।

विश्वको अग्रणी नयाँ ऊर्जा प्रविधि कम्पनी क्याटलले लामो समयदेखि कमर्सियल सवारीमा ब्याट्री आपूर्तिमा अग्रस्थान ओगट्दै आएको छ। यसको क्याटल टेक्टरान्स ब्रान्डले सार्वजनिक यातायात, लजिस्टिक्स, ट्रक तथा निर्माण उपकरणहरूका लागि दीर्घायुमी, छिटो चार्ज हुने र लामो दूरी तय गर्न सक्ने ब्याट्री समाधानहरू प्रदान गर्दै आएको छ।

चीनको सभ्यतालाई आधार मानेर विश्व संस्कृतिमा समाहित हुने लक्ष्यसहित, क्याटल र फोटोनले पारस्परिक सहकार्यमार्फत दीगो समृद्धि फैलाउने उद्देश्य लिएका छन्। क्याटलले भविष्यमा अन्य उद्योगसँग पनि सहकार्य गर्दै व्यावसायिक सवारी ब्याट्री प्रविधिको पहुँच अझ विस्तार गर्ने योजना बनाएको छ।

जेठ १४, २०८२ बुधबार १२:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।