लमजुङको घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु

सांकेतिक तस्बिर
लमजुङ : सुन्दर बजार नगरपालिका-९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका-१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो।
आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए।
जलेर गम्भीर घाइते भएकी उनको बेसीशहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जेठ १४, २०८२ बुधबार १०:०८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।