तिरुपति उडप्यानल इन्डष्ट्रीमा आगलागी, १६ दमकल प्रयोग गरेर निभाउने प्रयास जारी

तिरुपति उडप्यानल इन्डष्ट्रीमा आगलागी, १६ दमकल प्रयोग गरेर निभाउने प्रयास जारी

इटहरी : सुनसरी-मोरङ औद्योगिक करिडोरस्थित तिरुपति उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ।

विहान साढे २ बजेदेखि लागेको आगो निभाउने प्रयास अझै जारी छ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ।

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ।

जेठ १४, २०८२ बुधबार ०७:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।