देशका अधिकांश भागमा आंशिक बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशका अधिकांश भागमा आंशिक बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं : देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतः सफा रहनेछ।

बागमती र गण्डकी प्रदेशसहितका पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात समेत हुन सक्ने महाशाखाले जनाएको छ।

जेठ १४, २०८२ बुधबार ०७:२३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।