फिल्म ‘महाभोज’ को टिमलाई राजावादीको डर !

काठमाडौं : फिल्म 'खेल’को प्रचारका क्रममा एक अन्तरवार्तामा पूर्व युवराज पारस शाहका छोरा हृदयन्द्रलाई राम्रो हुनुहुन्छ मोडलिङतिर लागे राम्रै हुन्छ भन्दा अभिनेत्री सुरक्षा पन्त विरुद्ध राजावादीको ठुलै समूह खनिए। उनकै कन्ट्रोभसीका कारण फिल्म खेल नचलेको आरोप समेत लगाइयो।
त्यो कन्ट्रोभर्सीपछि फिल्म निर्माण पक्ष उनीसँग तर्सिए झैँ देखिए। यस्तै देखियो फिल्म‘महाभोज’मा।
यहीँ बिहीबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको मंगलबार विशेष शोको आयोजना गरिएको थियो। फिल्म हलमा चलेपछि मात्रै थाहा भयो कि सुरक्षा पन्तको पनि अभिनय रहेछ यसमा। यसअघि निर्माण पक्षले कसैलाई पनि पन्त छिन् भन्ने सुइँको दिएको थिएन। न उनलाई प्रचारप्रसारमा समेत देखियो।
तर फिल्मको प्रचारप्रसारमा समेत नअटाएकी पन्तलाई मंगलबार सिभिल मलको हलमा विशेष शो आयोजना गर्दा सर्प्राइजको रूपमा फिल्ममा देखिइन्। कतै हल्ला नगरेको र उनको बारेमा समेत चर्चा नगरेको यस फिल्ममा अभिनेत्री पन्तको पनि राम्रै भूमिकामा देखियो।
तर उपस्थित पत्रकार तथा मिडियाकर्मीहरू सर्प्राइज भए। किनभने फिल्मको पोस्टर होस् या प्रमोसनल गीत, दयाहाङ राई,खगेन्द्र लामिछाने,गौमाया गुरुङ,मलिका महत,अञ्जना बराइली लगायत अटाए तर उनको कतै केही नाम निशाना नै थिएन।
निर्माण टिम सुरक्षाका कारण फेरि राजावादीको तारोमा पर्ने डरमा झैँ देखिए। तर डराउनु पर्ने र मुख्य कलाकारको अभिनय रहेको फिल्मको व्यापारबाट थियो।
महाभोजको अधिकांश कलाकारको अभिनय रहेको के घर के डेरा : घर नम्बर दुईको आर्थिक कलेक्सन त यसका टिमले नि थाहा पाएकै होलान्। बरु सुरक्षालाई लुकाउनुको साटो प्रचार गरेको भए कतै फाइदा पो हुन्थ्यो कि!
अनि सहकारी ठगी भन्नासाथ सातो जाने त रास्वपाका नेता र समर्थकहरूको हो नि। बिचार गर्नु, उनीहरूको मन बिझ्यो भने त फिल्मको व्यापार पानी हुन बेर लाग्दैन नि।
जेठ १३, २०८२ मंगलबार २३:५७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।