शेखरको प्रश्न- प्रधानमन्त्रीले जे गरेपनि कांग्रेसले छुट दिँदै जाने हो ?

शेखरको प्रश्न- प्रधानमन्त्रीले जे गरेपनि कांग्रेसले छुट दिँदै जाने हो ?

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको हरेक अभिव्यक्ति संस्थागत महत्व राख्ने भन्दै त्यसप्रति नेपाली कांग्रेसको मौनता प्रति गम्भीर प्रश्न उठाएका छन्।

मंगलबार विराटनगरमा आयोजित कांग्रेस शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री व्यक्ति मात्रै होइन, संस्था हो। त्यो पदमा बसेको मान्छेले बोलेको हरेक कुराले गहिरो अर्थ राख्छ। के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरेपनि कांग्रेसले छुट दिँदै जाने ?’उनले प्रश्न गरे । 

उनले पछिल्लो समय कांग्रेस आफ्नो सैद्धान्तिक मौलिकता बिर्सँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे।

डा. कोइरालाले पार्टी सभापतिको निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित भएको थाहा पाएर अचम्म लागेको प्रतिक्रिया पनि दिए। ‘मलाई लागेको थियो, देशको समसामयिक अवस्था र प्रधानमन्त्रीले कार्यकर्तालाई दिएको '१५ गते काठमाडौं कब्जा' को निर्देशनबारे छलफल होला,’ उनले भने, ‘तर कुरा त मेरो बारेमै रहेछ।’

प्रधानमन्त्रीको गैरराजनीतिक अभिव्यक्ति र मुठभेडको भाषाप्रति कांग्रेस नेतृत्वले कुनै पनि आधिकारिक धारणा नदिएकोप्रति उनले असन्तोष व्यक्त गरे।

जेठ १३, २०८२ मंगलबार १९:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।