बाजुरामा जिप दुर्घटना हुँदा टेलिकम प्रमुखसहित तीन जनाको मृत्यु, दुई घाइते

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकम प्रमुखसहित तीन जनाको मृत्यु, दुई घाइते

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार जिप दुर्घटना हुँदा नेपाल टेलिकम बाजुरा शाखा प्रमुख लोकबहादुर खड्कासहित तीन जनाको ज्यान गएको छ। दुर्घटनामा थप दुई जना घाइते भएका छन्।

बा ५ च २२०९ नम्बरको जिप पिलुचौरबाट काँडाकोटस्थित टेलिकम टावरमा ब्याट्री जडान गर्न जाँदै गर्दा दुर्घटनामा परेको हो।

ज्यान गुमाउनेहरूमा नेपाल टेलिकम बाजुरा शाखा प्रमुख ५१ वर्षीय लोकबहादुर खड्का, जिप चालक कर्ण महत र बडिमालिका नगरपालिका ढम्कने निवासी रविन्द्र धामी रहेका छन्।

घाइतेहरू बुढीनन्दा नगरपालिका–२ कोल्टीका अन्दाजी २५ वर्षीय नन्द तिरूवा र २२ वर्षीय लोकेन्द्र तिरूवा हुन्।

उनीहरूलाई उपचारका लागि कोल्टी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ १३, २०८२ मंगलबार १८:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।