प्रतिपक्षीको अवरोधले संसद् बैठक बस्न सकेन, बुधवारसम्म स्थगित

काठमाडौं : प्रतिपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको सर्तबाट पछि नहटेपछि प्रतिनिधि सभाको बैठक स्थगित भयो। सभा सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका प्रतिपक्षी दल विरोधमा उत्रिएपछि सभाको बैठक स्थगित भएको थियो।
११ बजे सुरु भएको बैठक अवरोधपछि पहिलो पटक आधा घण्टाका लागि स्थगित भयो। पछि साढे २ बजे बस्ने भनियो।
सभामुख देवराज घिमिरेले दलका सचेतकहरूसँग छलफल गरेर सदन खुलाउने प्रयास गरेका थिए।
भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेकले सदनमा बोल्न चाहेकाले बोल्न दिन आग्रह गरे पनि प्रतिपक्षी दल सहमत नभएपछि चार बजे बुधवार ११ बजेसम्मका लागि बैठक स्थगित गरेको सूचना टाँसियो।
जेठ १३, २०८२ मंगलबार १६:१५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।