झिनो अंकले सुध्रिएर बन्द भयो नेप्से

झिनो अंकले सुध्रिएर बन्द भयो नेप्से

काठमाडौँ : मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.८५ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा ०.०३ प्रतिशतले सकारात्मक हुँदै समग्र नेप्से २ हजार ६ सय ७५.६२ विन्दुमा पुगेर बजार बन्द भयो। गत सोमबार ५.२१ अंक घटेर बजार बन्द भएको थियो।

मंगलबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ६१ वटाको घट्यो। ५९ हजार ६ सय ३३ पटकको सेयर कारोबारमा १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता सेयर किनबेच भयो।

मंगलबारको किनबेचमा ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घट्यो। सोमबार ७ अर्ब ५६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्यको परिसूचक घटे। बाँकी बैकिङ, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक बढ्यो।

जेठ १३, २०८२ मंगलबार १६:०५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।