टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

काठमाडौं : मानसिक स्वास्थ्य सुदृढ बनाउन मद्दत पुर्याउने लक्ष्यसहित टिकटकले एपमै प्रयोग गर्न मिल्ने नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो इन-एप टुल प्रयोगकर्तालाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न अझ सजिलो बनाउन डिजाइन गरिएको हो। 

साथै, टिकटकले विश्वभरका संस्थाहरूसँग सहकार्य गर्दै २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ। यस कोषमार्फत विभिन्न विश्वासिलो संस्थाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा र सहयोग विस्तार गर्न सहयोग पुर्याइनेछ।

स्कूल र कलेज जाँदै गरेका किशोर किशोरीदेखि व्यस्त जीवनशैलीका बीच तनाव भोगिरहेका युवापुस्तासम्म सबैका लागि उपयुक्त हुने गरी यो सुविधा बनाइएको छ। टिकटकको भनाइअनुसार, यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने अभियानको महत्वपूर्ण अङ्ग हो।

पहिलेबाटै सञ्चालनमा रहेको ‘स्लिप आवर’ फिचरलाई विस्तार गर्दै अब त्यसमा गाइडेड मेडिटेसन पनि समावेश गरिएको छ। राति सुत्नुअघि प्रयोगकर्ताले शान्त र सन्तुलित महसुस गर्न सकून् भन्ने उद्देश्यले यो सुविधा थपिएको हो।

जेठ १३, २०८२ मंगलबार १५:२४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।