२०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हर्क साम्पाङको दाबी

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को स्थानीय र संसदीय निर्वाचनमा उम्मेदवारहरू उठाउने दाबी गरेका छन्।
उनले आफ्नो फेसबुक पेजमा २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने उल्लेख गरेका छन्। दलगत आधारमा उम्मेदवारी दिने या स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्नेबारे केही खुलाएका छैनन्।
उनले आफ्नो फेसबुक पेजमा मङ्गलवार लेखेका छन्, "८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने छौँ! दाग नलागेका, इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्ने छन्!"
उनी २०७९ को चुनावमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए। उनी मेयरमा निर्वाचित भएपछि पटक-पटक विवादमा पर्दै आएका छन्।
जेठ १३, २०८२ मंगलबार १५:१०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।