कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा चढ्दै फेरि तोडे आफ्नै कीर्तिमान

काठमाडौं : सगरमाथा आरोहणमा विश्वकै कीर्तिमानी नाम बनिसकेका कामिरिता शेर्पाले आज फेरि अर्को इतिहास रच्दै ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
सोलुखुम्बुको थामेका स्थायी बासिन्दा ५५ वर्षीय कामिरिताले आज बिहान ठीक ४ः०० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्दै आफैंले राखेको ३० पटकको कीर्तिमान भङ्ग गरेका हुन्।
अघिल्लो वर्ष उनले दुई पटक सगरमाथा चढेर ३० पटकको रेकर्ड कायम गरेका थिए।
पर्यटन विभागका अनुसार आजदेखि यस सिजनको सगरमाथा आरोहण सकिनेछ। यो सिजनमा करिब ५०० जनाले सफल आरोहण गरेको जानकारी विभागले दिएको छ।
जेठ १३, २०८२ मंगलबार १५:०३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।