वीरगन्जबाट काठमाडौँ आएको बसमा फेला पर्यो १२ किलो चाँदीको अवैध गहना

काठमाडौं : प्रहरीले १२ किलो भन्दा बढी चाँदीसहित बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बारा कलैयाका ३२ वर्षीय अनीश कुमार सिंहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसको चेक गर्नेक्रममा स्रोत नखुलेको १२ किलो १ सय ७६ ग्राम चाँदीका गहना फेला परेपछि उनलाई पक्राउ गरिएको एसपी अपिलराज बोहराले जानकारी दिए। उनले सो चाँदीको गहनाको बिल बिजक नभएको बताए।
जेठ १३, २०८२ मंगलबार १४:४८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।