आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक साढे २ बजेलाई बोलाइयो

आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक साढे २ बजेलाई बोलाइयो

काठमाडौं : प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक साढे दुई बजे बस्ने भएको छ।

११ बजे बसेको बैठक २० मिनेट बसेर स्थगित भएको थियो।

बैठक सुरू भए लगत्तै प्रतिपक्षी दलको तर्फबाट वर्षमान पुन र शिशिर खनालले भिजिट भिसारुपी मानव तस्करीको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग गरेका थिए।

दुवै सांसदले बोलेपछि बैठकमा बोल्नका लागि सत्ताधारी कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई सभामुखले बोल्न समय दिए पनि नाराबाजी भएपछि बिचमै रोक्नुपरेको थियो।

त्यसपछि आधा घण्टापछि बस्ने भनिएको बैठक अब दिउँसो साढे दुई बजेका लागि तोकिएको संघीय संसद सचिवालयले जनाएको छ।

जेठ १३, २०८२ मंगलबार १४:१५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।