इमामी लिमिटेडद्वारा ‘नवरत्न बीट मसाज २०२५’ अभियान सुरू

काठमाडौं : भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडले आफ्नो चर्चित उत्पादन नवरत्न तेल प्रवर्द्धन गर्न नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान सुरू गरेको छ।
७० दिन चल्ने यो अभियान जेठ ११ बाट सुरु भई साउन १७ सम्म तराई क्षेत्रका २४ जिल्लामा केन्द्रित हुनेछ। अभियानमार्फत उपभोक्तालाई २ मिनेटमै शीतलता, टाउको र शरीर दुखाइमा राहत दिने प्रत्यक्ष अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुन र ६० मोबाइल स्टल मार्फत निःशुल्क हेड मसाज सेवा दिइनेछ। यसरी, हजारौं उपभोक्ताले नवरत्न तेलमा रहेका नौ आयुर्वेदिक जडिबुटीको प्रभाव प्रत्यक्ष महसुस गर्न पाउनेछन्।
इमामीका अनुसार, दुई टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्दै अन्तरक्रियात्मक स्टल, ब्रान्डिङ सवारी, सार्वजनिक सूचना, ‘२-मिनेट च्यालेन्ज’ र ‘कूल-कूल पर्फमेन्स’ जस्ता गतिविधिबाट उपभोक्तासँग प्रत्यक्ष सम्पर्क गर्नेछन्।
कम्पनीले यो अभियानबाट ६० हजारभन्दा बढी उपभोक्तासम्म पुग्ने लक्ष्य राखेको छ। त्यसमा १२ हजार भन्दा बढी वेट स्याम्पलिङ (मसाज सेवा) र ३० हजार ड्राइ स्याम्पलिङ (तेल स्यासे वितरण) समावेश हुनेछन्।
नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले भने, ‘नवरत्न बीट मसाज २०२५ मार्फत हामी उपभोक्तालाई मात्र दुई मिनेटमै राहत र ताजगीको अनुभव गराउँदैछौं। हामी विश्वास गर्छौं, प्रत्यक्ष अनुभवमार्फत नवरत्न तेल प्रत्येक नेपाली परिवारको विश्वसनीय वेल्नेस सहयात्री बन्नेछ।’
जेठ १३, २०८२ मंगलबार १३:१५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।