जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजद्वारा ललितपुरमा ‘सिन्नाबन नेपाल’ सुरू हुँदै

जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजद्वारा ललितपुरमा ‘सिन्नाबन नेपाल’ सुरू हुँदै

काठमाडौं : नेपालको खाद्य तथा रिटेल क्षेत्रमा नयाँ स्वाद र अनुभवको सुरुवात गर्दै, जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले अमेरिका आधारित विश्वप्रसिद्ध ब्रान्ड सिन्नाबनको नेपाल आगमनको औपचारिक घोषणा गरेको छ।

सानेपा, ललितपुरमा स्थापना गरिएको पहिलो सिन्नाबन स्टोर जेठ १४ गतेबाट सञ्चालनमा आउनेछ।

सन् १९८५ मा अमेरिका बाट सुरु भएको सिन्नाबन आज ५० भन्दा बढी मुलुकमा फैलिइसकेको छ र अब नेपाली उपभोक्ताहरूले पनि यसको विश्वप्रसिद्ध सिन्नामन रोल, अन्य स्वादिलो बेक्ड सामग्रीहरू तथा विशेष पेय पदार्थहरूको स्वाद चाख्न पाउनेछन्।

सिन्नाबन नेपालका ब्रान्ड म्यानेजर श्रिदा शाहले भनिन्, ‘यो केवल स्टोरको उद्घाटन मात्र होइन, नेपाली ग्राहकहरूका लागि स्वादको एक नयाँ यात्राको आरम्भ हो। हामी नेपाली उपभोक्ताको स्वाद, बानी र अपेक्षालाई नजिकबाट बुझ्न चाहन्छौँ। हाम्रो लक्ष्य प्रत्येक सिन्नाबन भ्रमणलाई व्यक्तिगत, विलासी र सम्झनलायक बनाउनु हो।’

व्यावसायिक दक्षता र बजार विस्तारमा अनुभवी इन्डस्ट्रीजको सहकार्यमा सिन्नेबान नेपालले चरणबद्ध रूपमा काठमाडौंका प्रमुख स्थानहरू हुँदै पोखरा, बुटवललगायतका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने योजना बनाएको छ।

इन्डस्ट्रीजका अध्यक्ष अर्पण पोखरेलले सिन्नेबानको आगमनले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरको स्वाद र सेवाको उपस्थिति मात्रै नभएर स्थानीय स्वादप्रति सम्मानजनक समायोजन पनि प्रस्तुत गर्ने दाबी गरे।

 

जेठ १३, २०८२ मंगलबार १०:०२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।