प्रतिनिधि सभाको बैठक बस्दै, भिजिट भिसाको आवरणमा मानव तस्करीका आरोपी गृहमन्त्रीले बोल्ने

काठमाडौं : प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ।
साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
तर, त्यसअघि नै बैठकमा केही गरमागरम हुने स्थिति देखिन्छ। भिटिज भिसाको नाममा मानव तस्करी गरेको आरोप लागेका उनीमाथि नैतिक प्रश्न उठिरहेका बेला रास्वपाले उनको राजीनामा मागिरहेको छ।
उसो त लेखकले आजको बैठकमा आफ्नो संलग्नताबारे सदनलाई स्पष्ट पार्नका लागि समय लिइसकेका छन्। तर रास्वपा सांसदहरूले त्यसअघि प्रश्न राख्न पाउनुपर्ने र लेखकलाई एक वर्षअघि उनैले बोलेका भाषण स्मरण गराउने जनाएको छ।
जेठ १३, २०८२ मंगलबार ०७:४०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।