शौर्य सिमेन्टको सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र भवनको उद्घाटन

उदयपुर : शौर्य सिमेन्टको आर्थिक सहयोगमा उदयपुरको कटारी नगरपालिका-७ मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी-८ आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन भएको छ।
विद्यालय भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै यस्तो पहलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने उल्लेख गरे।
कार्यक्रममा शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग मिलेर अघि बढाइएको बताउँदै भने, ‘देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सशक्त हुनु जरुरी छ।’
उनले शौर्य सिमेन्ट निर्माण क्षेत्रको सम्भावित असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानमा जुटिरहेको जानकारी पनि दिए।
नगरपालिका सामाजिक विकास समिति संयोजक सुविन ढुंगानाले विद्यालय तथा सामुदायिक विकासमा सहयोग पुर्या एकोमा उद्योगलाई धन्यवाद दिँदै खानी नजिकको नदी, भू-उचाइ र सम्भावित जोखिमहरूबारे सजग रहन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले २०५६ सालदेखि शौर्य सिमेन्टले विद्यालयलाई निरन्तर साथ दिँदै आएको उल्लेख गरे।
जेठ १२, २०८२ सोमबार २०:२७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।