यामाहा नेपालको ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न

यामाहा नेपालको ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न

काठमाडौं : देशभरका यामाहा सर्भिस प्राविधिकहरूबीच प्रतिस्पर्धा गराउने उद्देश्यसहित आयोजना गरिएको नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ यामाहा नेपालले भव्य रूपमा सम्पन्न गरेको छ।

विभिन्न क्षेत्रीय चरण पार गरेर आएका उत्कृष्ट प्राविधिकहरूले यो राष्ट्रिय स्तरको फाइनल राउन्डमा सहभागिता जनाएका थिए, जहाँ उनीहरूले आफ्नो दक्षता र सीप प्रस्तुत गर्ने अवसर पाए।

यो प्रतियोगिता काठमाडौंस्थित यामाहाको तालिम केन्द्रमा आयोजना गरिएको थियो। सहभागीहरूलाई यामाहाको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा उत्कृष्टता प्रमाणित गर्नका लागि प्राविधिक परीक्षण, समस्याको पहिचान, लिखित परीक्षा, यान्त्रिक मूल्याङ्कन र भाइभा जस्ता चरणहरू पार गर्नु पर्योप। यो अवसरले सर्भिसकर्मीहरूको ज्ञान, सटीकता र प्रतिबद्धता झल्काएको थियो।

विजेताहरूको घोषणा गर्दै यामाहाले उनीहरूको उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ। यस वर्षको प्रतियोगितामा बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोकका सुकदेव कुमार माझी विजेता भए। साथै तिरुपति अटो प्यालेस, विराटनगरका रोनित श्रेष्ठ उपविजेता भए। जेएस अटोमोबाइल्स प्रा.लि., सतुंगलका सागर त्वाती र जीएसएस ट्रेडर्स, लम्कीका बिनोद चौधरी दोस्रो उपविजेता बने।   

कार्यक्रमका अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘यामाहा केवल ब्रान्ड होइन, यो एक अनुभव हो – जुन नवीनता, प्राविधिक दक्षता र सुरक्षा संगै आउँछ। उत्कृष्ट यामाहा अनुभवको पछाडि सधैं एक निपुण प्रविधिक हुन्छ। हामी यिनै जनशक्तिमा लगानी गर्दै आएका छौं – सही तालिम, उपकरण र अवसरहरूको माध्यमबाट। यो प्रतियोगिता हाम्रो ब्रान्डप्रतिको विश्वास र ग्राहक सन्तुष्तिको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो दृष्टिकोणको प्रतिबिम्ब हो।’

कम्पनीले यो प्रतियोगितालाई केवल प्रतिस्पर्धा मात्र नभइ सर्भिसकर्मीहरूबीच ज्ञान आदान–प्रदान, विकास र मोटरसाइकल प्रविधिको यात्रामा उत्कृष्टता हासिल गर्ने साझा अभियान भएको दाबी गरेको छ। 

जेठ १२, २०८२ सोमबार १९:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।