दुई बालिका बलात्कारको आरोपमा ३५ र २८ वर्षीय युवक पक्राउ

दुई बालिका बलात्कारको आरोपमा ३५ र २८ वर्षीय युवक पक्राउ

सङ्खुवासभा : दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिचिला गाउँपालिका–२ का ३५ वर्षीय तुफान राई, चिचिला–३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

आरोपित दुवै जनालाई खाँदबारी नगरपालिका–१ बाट गत शुक्रवार पक्राउ गरिएको हो। उनीहरूले दुई बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोप पीडित पक्षको छ। प्रहरीले जिल्ला अदालतबाट आइतबार म्याद थप गरेर आरोपितबारे अनुसन्धान भइरहेको जनाएको छ।

जेठ १२, २०८२ सोमबार १८:४७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।