मौद्रिक नीतिको सकारात्मक प्रभाव परेन सेयर कारोबारमा, नेप्से झरेर बन्द भयो बजार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। कारोबार सकिँदासम्म नेप्से ५.२१ अंकले घटेर २,६७४.७६ विन्दुमा झरेको हो।
आज कूल ३३७ कम्पनीका १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक कारोबार हुँदा कूल कारोबार रकम ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
समूहगत सूचक हेर्दा, बैंकिङ र उत्पादन तथा प्रशोधन समूह हरियाली देखाए पनि बाँकी सबै समूहको सूचक ओरालो लागेको छ।
कम्पनी विश्लेषण गर्दा, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड को शेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले वृद्धि भएको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड मा नकारात्मक सर्किट लाग्दै सबैभन्दा धेरै गिरावट आएको हो।
कारोबार रकमको हिसाबले आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेड को ६४ करोड ३१ लाख ५० हजार ९०० रुपैयाँ बराबरको शेयर किनबेच भयो। कारोबार भएका शेयर संख्याको आधारमा भने ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो, जसको १४ लाख ८९ हजार ३०२ कित्ता शेयर किनबेच भएको हो।
जेठ १२, २०८२ सोमबार १७:१०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।