बजेटअघि ‘इज अन वालेट’ अफर : नामी र सेरेसले नेपालभर सुरु गर्यो  विशेष योजना

बजेटअघि ‘इज अन वालेट’ अफर : नामी र सेरेसले नेपालभर सुरु गर्यो  विशेष योजना

काठमाडौं : एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालमा प्रतिनिधित्व गर्ने इलेक्ट्रिक ब्रान्ड डोङफेङ नामी र सेरेसले बजेट घोषणा अघि ‘इज अन वालेट’ नामक विशेष अफर सुरु गरेका छन्। जेठ ११ गतेदेखि १५ गतेसम्म लागु हुने यो योजना अन्तर्गत ग्राहकहरूले नामी र सेरेसका विद्युतीय सवारीहरू आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्।

नेपालभरका नामी र सेरेस शोरूमहरूमा सञ्चालनमा रहेको यस अफरले ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्न, विशेष छुट तथा सुविधाहरू पाउन, र इलेक्ट्रिक सवारीमा स्विच गर्न सजिलो बनाउने उद्देश्य राखेको छ।

चार्जिङ सुविधाका लागि 7 kW + 3.5 kW चार्जर, एक वर्षको अटो-प्लस बीमा, एक वर्षको सवारी कर, निःशुल्क एसेसरीज, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा माउन्टेन फ्लाइट यस अफरमा समावेश विशेष सुविधा हुन। 
त्यति मात्र होइन, थप उत्साहजनक प्रस्तावस्वरूप चार जना भाग्यशाली ग्राहकले अन्नपूर्ण बेस क्याम्पसम्मको हेलिकप्टर यात्रा जित्ने अवसर पनि पाउनेछन्।

‘इज अन वालेट’ योजना सीमित समयका लागि मात्र लागू हुनेछ। त्यसैले, इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी वा सेरेस शोरूम वा अधिकृत डिलरमा सम्पर्क गरी विशेष अफरको लाभ लिन कम्पनीले अनुरोध गरेको छ।

यस अफरले नेपाली बजारमा इलेक्ट्रिक सवारीमा आम उपभोक्ताको पहुँच बढाउने विश्वास कम्पनीले लिएको छ।

जेठ १२, २०८२ सोमबार १६:३१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।