थापाथलीबाट कमलादीमा सर्‍यो एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय

थापाथलीबाट कमलादीमा सर्‍यो एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय

काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै नयाँ भवनमा सारेको गरेको छ। 

यसअघि थापाथलीस्थित ट्रेड टावरमा रहेको प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारीहरूको कार्यालय र विभिन्न विभागहरू अबदेखि कमलादीस्थित नयाँ कर्पोरेट कार्यालयबाट संचालनमा आउने छन्। 

बैंकका अनुसार अब सम्पूर्ण सेवा, सुविधा तथा सम्पर्क कमलादीस्थित मुख्य कार्यालयबाटै उपलब्ध हुनेछ। शनिबार बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले नयाँ भवनको समुद्घाटन गरेका थिए। समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत  लगायतको उपस्थिति थियो।

एनआईसी एसिया बैंकले हाल मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ सेवा सञ्जालमार्फत सेवा दिइरहेको सहायक प्रमुख कार्यकारी अधिकृत  अर्जुन राज खनियाले जानकारी दिए। 

बैंकले वित्तीय पहुँच न्यून रहेका दुर्गम जिल्ला-मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायत क्षेत्रमा पनि आफ्नो उपस्थिति पुर्याउँदै वित्तीय समावेशीकरणमा उल्लेख्य योगदान दिँदै आएको छ।

जेठ १२, २०८२ सोमबार १६:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।