भिजिट भिसामा गृहमन्त्रीको एक इन्च पनि गल्ती नभएको दाबी गर्दै शशाङ्कले तीन नेतामाथि कारबाहीको माग गरे

भिजिट भिसामा गृहमन्त्रीको एक इन्च पनि गल्ती नभएको दाबी गर्दै शशाङ्कले तीन नेतामाथि कारबाहीको माग गरे

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको घटनामा एक इन्च पनि गल्ती नगरेको दाबी गर्दै उनी विरुद्ध अभिव्यक्ति दिएका पार्टीका तीन नेताविरुद्ध कारबाही गर्न माग गरे।

सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठकमा गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएको र उनको प्रस्टीकरणपछि उनको चरित्र हत्या गर्ने काम भएको र लेखकले एक इन्च पनि गल्ती नगरेको दाबी गरे।

उनले बैठकमा गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर स्पष्टिकर सोध्न पार्टी सभापतिलाई भनेका बताए। उनले नेताहरूको नामै लिएर शेखर कोइराला, सुनिल शर्मा र राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोध्न पार्टी सभापति शेरबहादुर देउवालाई भनेको बताए। 

जेठ १२, २०८२ सोमबार १५:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।