दक्षिण भारतका तीन राज्यमा रेड अलर्ट जारी, बिहारमा पनि ठूलो हावाहुरीसँगै पानी पर्ने

दक्षिण भारतका तीन राज्यमा रेड अलर्ट जारी, बिहारमा पनि ठूलो हावाहुरीसँगै पानी पर्ने

एजेन्सी : भारतीय मौसम विज्ञान विभागले तीन दक्षिण भारतीय राज्यहरू कर्नाटक, केरला र तमिलनाडुमा रेड अलर्ट जारी गरेको छ।

यी राज्यहरूमा मे २६ मा भारी वर्षाको चेतावनी जारी गरिएको छ। साथै, मौसम विभागले राजस्थानमा गम्भीर गर्मीको लहरको चेतावनी जारी गरेको छ।

यसका अलावा बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि ठूलो हावाहुरीसँगै वर्षा हुने अनुमान गरिएको छ। विहार पूर्वी नेपालसँग सीमाना जोडिएको भारतको उत्तरी राज्य हो।

विभागले आगामी दिनहरूमा महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तमिलनाडु, बंगालको खाडी र उत्तरपूर्वी राज्यहरूका केही थप भागहरूमा मनसुनी वर्षा हुने पूर्वानुमान गरेको छ।

जेठ १२, २०८२ सोमबार १२:२८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।