अग्नि ग्रुपद्वारा नेपालमा श्रेणीकै उत्कृष्ट १.७ टन भार क्षमताको महिन्द्रा बोलेरो पिक-अप सार्वजनिक

अग्नि ग्रुपद्वारा नेपालमा श्रेणीकै उत्कृष्ट १.७ टन भार क्षमताको महिन्द्रा बोलेरो पिक-अप सार्वजनिक

काठमाडौं : महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपालको व्यावसायिक सवारी साधन बजारमा नयाँ आयाम थप्दै श्रेणीमै सबैभन्दा बढी १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड १.७टी सार्वजनिक गरेको छ।

नेपालमै पहिलो पटक यति धेरै भार बहन गर्न सक्ने क्षमताको यो पिक-अप जेठ ११ गते काठमाडौं (गैरीधारा), पोखरा, वीरगन्ज, चितवन र विराटनगरका महिन्द्रा शोरूमहरूमा एकैसाथ सार्वजनिक गरियो।

उत्कृष्ट टिकाउपन र कार्यक्षमताका लागि परिचित बोलेरो ब्राण्डको विरासतलाई निरन्तरता दिने यो नयाँ भेरियन्ट विशेषगरी बलियो र उच्च क्षमतायुक्त युटिलिटी गाडीको बढ्दो मागलाई सम्बोधन गर्न ल्याइएको हो।

नयाँ बोलेरो पिक-अप १.७टी मा ६३ बीएचपी पावर र १९५ एनएम टर्क दिने २.५ लिटरको 'एम२-डिआइ-सिआर' डिजेल इन्जिन जडान गरिएको छ। यसमा ९ फिट लामो कार्गो बेड, बलियो डबल बेयरिङ एक्जिल र ९ पाता भएको स्प्रिङ सस्पेन्सन जस्ता विशेषताहरू छन्, जसले भारी लोडमा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।

यसले श्रेणीमै उत्कृष्ट माइलेजका साथै इन्धन दक्षता पनि प्रदान गर्दछ। भित्री भागमा फराकिलो को-ड्राइभर सिट र ड्राइभरका लागि रिक्लाइनर सिट तथा हेडरेस्ट समावेश छन्।

नेपाली बजारमा यसको विशेष लन्च मूल्य २५ लाख ६५ हजार रुपैयाँ तोकिएको छ। ग्राहकहरूको सहजताका लागि अग्नि ग्रुप अन्तर्गतकै अग्नि हायर पर्चेज मार्फत ७० प्रतिशत सम्म फाइनान्सिङ, १ दिनमै कर्जा निर्णय, असार मसान्तभित्र खरिद वा बुकिङ गर्नेका लागि ९.९९ प्रतिशतको प्रतिस्पर्धात्मक ब्याजदर र शून्य प्रोसेसिङ शुल्कको सुविधा उपलब्ध गराइएको छ। स्वरोजगार नेपालीलाई विशेष प्राथमिकता दिइनेछ। साथै, अग्नि आस्था प्रालिमार्फत पुरानो गाडी एक्सचेन्ज गर्ने सुविधा पनि रहेको छ।

महिन्द्रा बोलेरो पिक-अप नेपालको सर्वाधिक बिक्री हुने (बेस्ट-सेलिङ) पिक-अपको रूपमा स्थापित छ। नयाँ १.७टी भेरियन्टले उच्च भार क्षमता, बलियो निर्माण र लागत प्रभावकारिताका साथ व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ मापदण्ड तोकेको अग्नि ग्रुपले बताएको छ।

इच्छुक ग्राहकहरूलाई नजिकको महिन्द्रा शोरूममा गएर नयाँ बोलेरो पिक-अप १.७टी बारे थप जानकारी लिन तथा अनुभव गर्न कम्पनीले आग्रह गरेको छ।

जेठ १२, २०८२ सोमबार ११:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।