एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, कति पर्छ मूल्य?

काठमाडौं : टेलिटक प्रालिले एचएमडीको नयाँ फाइभजी स्मार्टफोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
उत्कृष्ट प्रदर्शन, उन्नत क्यामरा र सजिलै मर्मत गर्न मिल्ने (रिपेरेबल) डिजाइन यस फोनका प्रमुख विशेषता हुन्।
दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको यो स्मार्टफोनले नेपाली उपभोक्ताहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
मुख्य विशेषताहरू:
- क्यामरा: ६४ मेगापिक्सेल प्राइमरी लेन्स सहितको ट्रिपल रियर क्यामरा र ५० मेगापिक्सेल हाई-रेजोल्युसन फ्रन्ट क्यामरा।
- डिस्प्ले: ६.६७ इन्चको फुल एचडी प्लस ओलिड डिस्प्ले।
- कार्यसम्पादन: यूनिसक टी७६० फाइभजी प्रोसेसर, एन्ड्रोइड १४ अपरेटिङ सिस्टम, विस्तार गर्न सकिने सुविधासहित ८ जीबी र्याम र २५६ जीबी स्टोरेज।
- ब्याट्री: ५,००० मिलिएम्पियर क्षमताको ब्याट्री, ३३ वाट फास्ट चार्जिङ सपोर्ट।
- मर्मत सहजता: ‘रिपेयरिबिलिटी १.०’ अवधारणा अन्तर्गत ब्याक कभर, ब्याट्री, डिस्प्ले, चार्जिङ पोर्ट लगायतका भाग आफैँ फेर्न सकिने डिजाइन, जसले इलेक्ट्रोनिक फोहोर घटाउन मद्दत गर्छ।
यो स्मार्टफोन विशेषगरी स्टाइल, कार्यसम्पादन र जिम्मेवार प्रविधिको सन्तुलन खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
एचएमडी ग्लोबलका भारत तथा एशिया-प्रशान्त क्षेत्रका उपाध्यक्ष रवि कुँवरले एचएमडी क्रेस्ट म्याक्स ५जी नयाँ सोच, नवप्रवर्तन र मानव-केन्द्रित प्रविधिको सुरुवात भएको बताए।
एचएमडी क्रेस्ट म्याक्स ५जी आकर्षक डीप पर्पल रङमा उपलब्ध छ। यसको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ। यो देशभरका आधिकारिक खुद्रा विक्रेता र अनलाइन प्लेटफर्महरू मार्फत खरिद गर्न सकिनेछ।
जेठ १२, २०८२ सोमबार १०:५६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।