शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अभियानको नयाँ संस्करण सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अभियानको नयाँ संस्करण सार्वजनिक

काठमाडौं : शिवम् सिमेन्टले आफ्नो चर्चित ‘नो कम्प्रोमाइज’ ब्राण्ड अभियानको दोस्रो संस्करण सार्वजनिक गरेको छ।

‘नो कम्प्रोमाइजको बाचा गर्न सजिलो छैन, तर जसले गर्छ उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने सन्देश बोकेको यो नयाँ अभियानले गुणस्तरप्रति शिवम् सिमेन्टको दृढ अडानलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको कम्पनीको दाबी छ।

स्थापनाकालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन र बिक्री गर्दै आएको शिवम् सिमेन्टले ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता नाराहरूबाट आफ्नो ब्राण्ड पहिचान बनाएको छ।

गुणस्तरकै कारण सिमेन्ट जगतमा पहिलो पटक 'एनएस क्वालिटी अवार्ड-२०१९’बाट सम्मानित भएको थियो।

हालै सार्वजनिक गरिएको पहिलो विज्ञापन भिडियोमा एक ट्राफिक प्रहरीले कर्तव्यमा कम्प्रोमाइज नगरेको देखाएर शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ।

यस अभियान अन्तर्गत सामाजिक सन्दर्भमा आधारित अन्य भिडियोहरू पनि क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

जेठ १२, २०८२ सोमबार १०:४९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।