एमएडब्लू वृद्धिद्वारा जोमसोममा सीसीएस२ ईभी चार्जिङ स्टेसन स्थापना

काठमाडौं : एमएडब्लू वृद्धि स्पीड चार्जर्सले मुस्ताङको जोससोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सीसीएस२ ईभी चार्जिङ स्टेसन स्थापना गरेको छ।
दुर्गम र कठिन भौगोलिक स्थानहरूमा समेत ईभी पूर्वाधार पुर्याउने लक्ष्यमा ईभी चार्जिङ स्टेशन स्थापना गरिएको कम्पनीले जनाएको छ।
यो चार्जिङ स्टेसनको स्थापनाले उच्च पहाडी क्षेत्रसम्म पनि ईभी चार्जिङ सुविधा पुगेको छ, जसले ईभी प्रयोगकर्ताहरूलाई सुरक्षित यात्रा गर्न र स्वच्छ वातावरण निर्माणमा योगदान दिन प्रोत्साहन गर्ने बताइएको छ।
एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा सीसीएस२ चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ, जसले शहरी क्षेत्रका साथै जोमसोमजस्ता टाढाका स्थानहरूमा समेत भरपर्दो सेवा सुनिश्चित गरेको छ।
विशेष गरी जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा यसको स्थापनाले दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने कम्पनीक अपेक्षा छ। यो पहलले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूमा विश्वास बढाउनेछ र एमएडब्लू वृद्धिको स्वच्छ यातायात प्रवर्द्धन गर्ने सपनालाई अझ सहज बनाउनेछ।
चार्जिङ स्टेसनको स्थान लगायतका थप जानकारी https://mawevcharging.com/ मा उपलब्ध छन्।
जेठ १२, २०८२ सोमबार १०:४१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।