प्रभु बैंक र इला कम्फर्ट होटलबीच छुट सम्झौता

पोखरा : प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका वडा नं. २ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यावसायिक साझेदारी भएको छ।
सम्झौता अन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीहरूले होटलका विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन्। जेठ ११ गते एक एक कार्यक्रमका बीच यो सम्झौतामा हस्ताक्षर भएको हो।
इला कम्फर्ट होटल एण्ड रिसोर्टका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य कुनै विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा इला कर्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बागलुङमा विभिन्न ठाउँबाट पर्यटकहरूको बाक्लो आवागमन हुन्छ। विशेष गरी बागलुङ कालिका मन्दिरमा पूजाआजाका लागि र पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय स्थलहरूको अवलोकनका लागि धेरै पर्यटकहरू आउने गर्छन्।
प्रभु बैंक लिमिटेड र इला कर्फर्ट होटल एण्ड रिसोर्टबीच भएको यो साझेदारीले बागलुङको पर्यटन प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुने बैंकको अपेक्षा छ।
जेठ १२, २०८२ सोमबार ०९:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।